Section 14
प्रचलित कानून बमोजिमको सुविधा पाउने
(१) दफा १३ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिले प्रचलित कानून बमोजिम पाउने अन्य प्रकारको सामाजिक सुरक्षा पाउन यस ऐनले बाधा पार्ने छैन।

(२) नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनको लागि भएका जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिको क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितले प्रचलित कानून बमोजिम सामाजिक सुरक्षा पाएको अवस्थामा बाहेक तोकिए बमोजिमको सुरक्षा वा सम्मान पाउनेछन्‌।

(३) नेपाल सरकारले यो ऐन बमोजिम प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र प्रचलित कानून बमोजिम प्रदान गरिने अन्य सामाजिक सुरक्षा उपलब्ध गराउने सम्बन्धमा एकीकृत प्रणाली अवलम्बन गर्न सक्नेछ।